
Aug 29 2025 | २०८२, भदौ १३ गते
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बाँडफाँड गरिएको छ ।
विहिबार गरिएको बाँडफाँडमा १९ हजार १९० जनाले १०-१० कित्ता शेयर परेको छ भने पाँच जनालाई एक एक कित्ता शेयर लक्की ड्रबाट परेको छ ।
स्वस्तिक लघुवित्तको आइपिओका लागि २४ लाख ४० हजार ४६० आवेदकले आवेदन दिएकोमा २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जानकारी दिएको छ ।
जसमा १९ हजार १९५ ले मात्र शेयर पाएका छन् भने २४ लाख १७ हजार १९८ आवेदकको हात खाली भएको छ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो ।
पहिलो चरणमा संस्थाले कुल निष्कासन १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गरेको थियो ।
यसैगरी कुल २ लाख ३१ हजार कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
आइपिओ बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल, मेरो सेयर एकाउन्ट लगायतबाट हेर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij