
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेप्से आज सोमबार ३७ दसमलव सात अंकले बढेर २४ सय आठ दसमलव आठ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ९५ अंकले बढेर चार सय ३७ दसमलव २८ बिन्दुमा चढेको छ । दुई सय तीन वटा कम्पनीहरुको ६५ हजार सात सय ७८ पटकको कारोवारमा एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज छ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक २० दसमलव चार अंकले बढेर १६ सय ८९ दसमलव ६६ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दसमलव छ अंकले बढेर १८ सय ७६ दसमलव ९१ बिन्दुमा चढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij