Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

जेल परेकालाई थुना मुक्त गराई दिन्छौ भनी २ लाख ठगी गर्ने २ जना पक्राउ

जेल परेकालाई थुना मुक्त गराई दिन्छौ भनी २ लाख ठगी गर्ने २ जना पक्राउ

  • भक्तपुर ।  बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यबिनायक नगरपालिका-६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका-७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।

    images
    images
    images

    गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनेर बिश्‍वास दिलाई ग्याल्छेन र बीर बहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीर बहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो ।

    images

    पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij