
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता जारी भएको छ । एमाले मुख्यालय च्यासलमा केहीबेरअघि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि यो ओलीसँग उनको पहिलो भेटवार्ता हो । यो भेटवार्ताले एमाले भित्रको विभाजन र नयाँ राजनीतिक समीकरणको विषयमा नयाँ चर्चा र अपेक्षा बढाएको छ ।
अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको स्पष्ट पारेका छन् भने यसबारे व्यापक राजनीतिक मूल्यांकन भइरहेका बेला दुई नेताबिचको भेटवार्ता भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij