
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । आयोजक चलचित्र प्रबिधिक संघले फिल्म अवार्ड फागुन २९ मा आयोजना हुने जानकारी दिँदै टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने जनाएको छ । जसका लागि अवार्डको सहकार्यमा रहेको ड्रिम हाइ नेपाल प्राली र एलआईसीबीच सम्झौता समेत भएको छ ।
टाइटल सपोन्सरमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्युटी स्पोन्सरमा जोय पपाया र अर्को सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल पनि जोडिएको छ । अवार्डको पर्यटन बोर्डले प्रवर्द्धन गर्नेछ । गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन सूची तयार पारिसकेको छ । माघ २४ गते काठमाडौंमा एक कार्यक्रमका बीच सूची सार्वजनिक गर्ने योजना आयोजकको रहेको छ । कोरोना महामारीपछि सुस्ताएको फिल्म क्षेत्रलाई थप चलायमान र सक्रिय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij