
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएको घटना निन्दनीय भएको बताउनुभएको छ । स्कुल अफ डेमोक्रेसीद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता महरले, ‘‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत आम जनतासमेत सङ्घर्षरत रहेकै बेला म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको छ भन्नुभयो ।
विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो सङ्घर्ष अविचलित र थकितरहित रहने बताउनुभयो । सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमारको सेनाले सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij