Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

तालाबन्दी

सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

  • काठमाडौँ । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले तालाबन्दी गरेका छन् ।

    images
    images
    images

    लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    images

    गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम बितरण गर्दै आएको छ ।

    नगरपालिकाले गएको असार ११ गते बैकको खातामा सामाजिक सुरक्षा भताको रकम जम्मा गरेको थियो । सामाजिक सुरक्षा भत्ता समयमा नै दिने उदेश्यले बैकमा जम्मा गरेपनि अहिलेसम्म नपाउनु दुखद भएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय नारायण देबकोटाले बताए ।

    आफू यस कार्यलयमा हाजिर भएर आएपछि पहिलो प्रथामिकता सामाजिक सुरक्षा भत्ता बितरण लाई दिएको उनले उल्लेख गरे।

    images

    एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ ।

    ज्येष्ठ नागरिकको भत्ताको  लागि नगरपालिकाले  ५ करोड रकम जम्मा गरेको थियो भने  बालपोषणको लागि ९४ लाख रुपंैयाँ बैकमा छ । एनआईसी एशिया बंैकका शाखाका म्यानेजर सदेउ प्रवेजले बिविध कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताए ।

    तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम बितरणमा ढिला भएको उनको भनाइ छ । अब छिटै बितरण गरिने उनले जानकारी दिए ।

    गुजरा नगरपालिकाको तथ्याक अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भत्ता बुझ्ने संख्या रहेका छन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij