Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

गुडिरहेको बसबाट लडेर विद्यार्थीको मृत्यु

गुडिरहेको बसबाट लडेर विद्यार्थीको मृत्यु

  • काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका८ टाँडीस्थित भित्रि सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको ज्यान गएको छ ।

    images
    images
    images

    कायाकल्प एकेडेमीको ग१ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए । फैजान सर्लाहीको धनकौल गाउँपालिका३ हरकठ्वाका निसार शेखका छोरा हुन् ।

    images

    घटनापछि उनलाई तत्कालै संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि बिरगंजस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो । तर, चिकित्सकले बेलुकी ७ बजे उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोजकुमार राईले बताए ।

    दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक निरन्जन भट्टराईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । प्रहरीले बस चालक बागमती नगरपालिका१० निवासी २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij