Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

बडिमालिका दर्शन गरेर फर्किने क्रममा लडेर तीर्थयात्रीको ज्यान गयो

बडिमालिका दर्शन गरेर फर्किने क्रममा लडेर तीर्थयात्रीको ज्यान गयो

  • काठमाडौं । बाजुरास्थित बडिमालिका दर्शन गरेर फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर ज्यान गएको छ ।

    images
    images
    images

    जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।

    images

    हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार हिजो साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।

    राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले शवखोलाबाट माथि ल्याउन समस्या भएको छ ।

    उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij