Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु

  • सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
      
    शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा टसी आङ्जुक लामाले जानकारी दिनुभयो । फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डा लामाले जानकारी दिनुभयो ।
       
    सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि उपचार हुन नसक्दा आज बिहान मृत्यु भएको हो । ती महिलाले पाँच महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ । भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij