
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडीमाथि ढुंगा प्रहार भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका उपप्रधानमन्त्री पोखरेलको गाडीमाथि तोडफोड भएको हो । ढुंगा प्रहारबाट पोखरेलको गाडीमा नलागेपनि अन्य गाडीहरु भने फुटेका छन् ।
नेकपा नुवाकोट जिल्ला कमिटी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उपप्रधानमन्त्री पोखरेल नुवाकोट गएका हुन् । । उपप्रधानमन्त्री पोखरेलको गाडीमाथि नेकपा प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij