Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेयर बजार खुलेसँगै हरियाली

सेयर बजार खुलेसँगै हरियाली

  • काठमाडौं ।  नेप्से परिसूचक १५ मिनेटमा नै ४२ अंक भन्दा धेरैले वद्धि भएको छ । कारोबार रकम पनि १५ मिनेटमा ३२ करोड रुपैयाँ भन्दा धेरै भएको छ । कारोबार खुलेसँगै सेञ्चुरी कमर्सीयल बैंक, प्रभु लाइफ इन्स्यारेन्स लगायतको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार हुने धेरै जसो कम्पनीहरुको सेयर मूल्य बढेको छ । प्रभु लाईफको आईपीओ भएका कारण यसको मूल्य वृद्धि हुनुलाई स्वभाविक रुपमा मान्न सकिन्छ । सेञ्चुरी बैंकको भने बढ्नु पर्ने खास कारण नरहे पनि निकै वृद्धि भएको छ । यस बैंकको सेयर खरिदमा पनि चाप देखिएको छ ।

    images
    images
    images

    सेयर बजारका जानकारहरुका अनुसार अन्य कुनै ठूलो बैंकसँग मर्ज हुन सक्ने सम्भावना भएकाले लगानीकर्ताहरु सेञ्चुरीको सेयर खरिद गर्न इच्छुक देखिएका छन् । कारोबार शुरु भएको १५ मिनेटसम्म कारोबारका आधारमा सेञ्चुरी नै अगाडि देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij