
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
विभिन्न सार्वजनिक कार्यक्रममा प्रचण्डले सर्वोच्चभन्दा ठूलो अदालत जनता भएको अभिव्यक्ति दिँदै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ प्रभावित गर्न खोजेको आरोप लाग्ने गरेको छ । प्रचण्ड विरुद्धको मुद्दाको पेशी भोलि मंगलवारका लागि तोकिएको छ । रिट निवेदक समीर हायु रहेका छन् । सर्वोच्चमा प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरुद्ध समेत अवहेलना मुद्दा परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij