Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : सरकारी पक्षको बहस सोमबारदेखि

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : सरकारी पक्षको बहस सोमबारदेखि

  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारका तर्फबाट सोमबार(आज)देखि बहस हुने भएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका छन् ।

    images
    images
    images

    यस्तै,अधिवक्ता लोकेन्द्रबहादुर ओली,कलमबहादुर खत्री र मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् । तेह्रौं रिट निवेदनमाथिको बहस पनि आइतबार नै सकिएपछि सोमबारदेखि सरकारी पक्षको बहस शुरु हुने भएको हो । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

    उक्त संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि रिट निवेदकहरुले बहस सुरु गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij