Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विदेशिएकाहरु क्षमताविकास गरेर फर्किनुहोला: परराष्ट्र मन्त्री

विदेशिएकाहरु क्षमताविकास गरेर फर्किनुहोला: परराष्ट्र मन्त्री

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशिएका नेपाली विद्यार्थीहरु लाई स्वदेश फर्किन आग्रह गरेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    विदेश जानचाहने विद्यार्थीलाई रोक्न नसकिए पनि क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकीहुन् ।

    AGNI GROUP

    महाराजगंज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरु मध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकीहुन् ।

    महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हाल सम्म प्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन् ।

    ‘अझैपनि यो क्याम्पसले क्युएए प्राप्त नगरेको भन्ने सुन्दा अचम्म लागेको छ । यस विषयमा आज क्याविनेटमा राख्नेछु । यो क्याम्पसले आज सम्म कुनै पनि क्वालिटी नपुगेको भन्ने मलाई लाग्दैन । कुनै पनि आफ्नो पर्सनल रिसिभी, राजनीतिक प्रतिशोधको कारण यत्रो क्याम्पसले क्युएए नपाउनु राम्रो कुरा होइन । कि त कारण भन्न सक्नुपर्यो कि त कारण दिनसक्नु पर्यो ।’

    यसै गरी मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनु पर्नेमा जोड दिइन् ।

    मन्त्री डा. राणाले भनिन्, ‘नर्सहरूको भूमिका लाई स्वास्थ्य सेवकका रुपमामात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।’

    उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथाशिशु स्वास्थ्यका क्षेत्रमाआफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशा लाई समया नुकुल सुविधा सम्पन्न बनाई विकास गर्दै लैजानु पर्नेमा जोड दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij