
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौँ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गएराती करिब १२ बजेतिर लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए ।
उनीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij