
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौँ । काठमाडौँ र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् ।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दंगीशरण गाउँपालिका-६ घर भएका २२ वर्षीय रमेश खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । रमेशलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ तोरीबारी बस्ने २७ वर्षीय भेष राज दुलाललाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।
भेष राजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij