
Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौँ । रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा सम्पर्क विहीन भएको यात्रुवाहक विमानको भग्नावशेष भेटिएको छ ।
रुसी मिडियाहरुले विमानको भग्नावशेष भेटिएको र यात्रुहरु जीवितको सम्भावना निकै कम रहेको उल्लेख गरेका छन् ।
एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्स द्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
चीनको सिमानामा रहेको अमुर क्षेत्रको टिन्डा शहरको गन्तव्य नजिक पुग्दा विमान राडारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij