Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शेयर बजारमा घट्यो नेप्से परिसूचक २३७० 

शेयर बजारमा घट्यो नेप्से परिसूचक २३७० 

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सें)को आँकडा अनुसार आज नेप्से ५४.७५ अंकले घटेर २ हजार ३७०.५५ बिन्दुमा झरेको छ । अघिल्लो साता परिसूचक बढेपछि लगानीकर्ताहरू नाफा कमाउन केन्द्रित हुँदा नेप्सेमा गिरावट आएको विश्लेषकहरू बताउँछन् । आइतबार ठूला र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा समेत उच्च अंकको गिरावट आएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेर ४३२.३३ बिन्दुमा झरेको छ । पूँजीकरण रकममा गिरावट नेप्से परिसूचकसँगै यस दिन बजार पूँजीकरण रकममा समेत भारी गिरावट आएको छ । अघिल्लो साता बजार पूँजीकरण रकम ३२ खर्ब माथि कायम भएकोमा आज भने घटेर ३१ खर्ब ९३ अर्ब एक करोड ४१ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । आज बजारमा २०६ ओटा कम्पनीको ९६ हजार १५६ पटकको व्यापारमा एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको कारोबार भएको छ ।  

    images
    images
    images

    १२ ओटै समूहको परिसूचकमा 
    आइतबार बजारमा कारोबारमा आएका नेप्सेमा सूचिकृत १२ ओटै परिसूचकमा पहिरो गएको छ ।  यसदिन जीवन बीमा समूहको परिसूचक २.५८ प्रतिशत, लघुवित्त समूहको २.९२ प्रतिशत, वित्त समूहको ४.४० प्रतिशत, बैंकिङ समूहको २.४५ प्रतिशतर विकास बैंक समूहको २.०८ प्रतिशतले परिसूचकमा गिरावट आएको छ । होटल समूहको १.१७ प्रतिशत, जलविद्युत समूहको १.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.१८ प्रतिशत, निर्जीबन बीमा समूहको २.१० प्रतिशत, अन्य समूहको १.३२ प्रतिशत, व्यापार समूहको १.२५ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४७ प्रतिशतले परिसूचक घटेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij