Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइने

शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइने

  • काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । सहकारीमन्त्री बलराम अधिकारीको उपस्थितिमा अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ यस वर्ष शनिबार विशेष रूपमा मनाउन लागिएको हो ।

    images
    images
    images

    राष्ट्रिय सहकारी महासंघ लिमिडेड नेपालकी अध्यक्ष ओमदेवी मल्लका अनुसार संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा मनाइँदै गरेको यो दिवस दशकमा एक पटक मात्र आउने ऐतिहासिक अवसर हो । यस दिवसले सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासलाई जोड दिएको छ ।

    images

    यस विशेष सन्दर्भमा राष्ट्रिय सहकारी महासंघ लिमिटेडले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत आयोजनामा शनिबार ललितपुरस्थित होटल हिमालय कुपन्डोलमा आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपाल र मुक्तिनाथ विकास बैंक लिमिटेड सहयोगी संस्थाका रूपमा रहनेछन् ।

    नेपालको सन्दर्भमा यो दिवस महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकताका साथ उठान गर्दै आयोजना हुने अध्यक्ष मल्ले जानकार दिएकी छिन् । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुति गरिने र हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij