
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एकजना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान गर्न पनि तयार रहेको बताए ।
उनले भने, ‘पार्टीका बारेमा केही मानिसले नकारात्मक टिप्पणीहरु गर्ने गरेका छन् । कसैले यो पार्टी चल्दैँन् भन्छन्, कसैले टिक्दैँन् भन्छन् । मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन् भने डराउनु पर्दैन्। यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस जुनसुकै बलिदान गर्न पनि तयार छु ।’
यस्तै, उनले जीवनमा चुनौतीहरुको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्ने भन्दै अनुशासन, नियम र विधिको शासनमा अगाडि बढ्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij