Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

  • काठमाडौं । अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा ठुलो पहिरो खसेको छ । आज बिहान करिब ७:०० बजे आएको पहिरोले करिब ५० मिटर सडक खण्ड पूर्वरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    images
    images
    images

    सडक माथिबाट रुख, ढुङ्गा र माटोसहित खसेको पहिरोका कारण सोही ठाउँका अम्मर रावलको दुई तले चार कोठे ढुङ्गा–माटोले बनेको घर समेत उच्च जोखिममा परेको छ ।

    images

    सडक अवरोध हटाउने कार्यमा प्रहरी नायब निरीक्षक गणेश बहादुर चन्दको कमान्डमा तीन जना सुरक्षाकर्मीको टोली खटिएको प्रहरीले जनाएको छ । हाल सडक खुलाउने प्रयास भइरहेको छ ।

    प्रहरीले जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij