Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

लागूऔषध

लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ

लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ

  • काठमाडौँ । प्रहरीले लागुऔषध १ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोल सहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडकमा शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरेको हो।

    images
    images
    images

    पक्राउ पर्नेमा हेटौंडा – १५ शिखरपानी बस्ने वर्ष २४ को महेश तामाङ,भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा – ९ डेराकोठामा बस्ने वर्ष २६ को कैलाश थापा मगर र हेटौंडा – १३ बस्ने वर्ष ४० को सोम स्याङतान रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

    images

    प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाईकल र ना २१ प १७१ नं. को स्कुटर रोकी शंकास्पद रुपमा बसीरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ट्रामाडोल १ हजार ७ सय ७० क्याप्सुल फेला परेको हो ।

    उक्त लागूऔषध तथा मोटरसाइकल स्कुटर बरामद गरी महेश तामाङ, कैलाश थापा मगर र सोम स्याङतानलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij