Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

साथीको कुटाइबाट २ किशोरको मृत्यु

साथीको कुटाइबाट २ किशोरको मृत्यु

  • काठमाडौं ।  झापाको शिवसताक्षीमा कुटपिटका कारण २ जना किशोरको मृत्यु भएको छ ।

    images
    images
    images

    साथीहरुको कुटाइबाट झापामा २ जना किशोरको मृत्यु भएको छ । शिव सताक्षी नगरपालिका संगम चोकका १५ वर्षीय आदित्य तामाङ र रोमन थापाको मृत्यु भएको हो । तामाङको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो ।

    images

    आइतबार आदित्यकै मिल्ने साथी रोमन थापाको पनि बिर्तासीटी अस्पतालमा मृत्यु भएको थियो । एउटै समूहको कुटपिटबाट दुवै जनाको मृत्यु भएको झापा प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए ।

    प्रहरीका अनुसार केही दिनअघि ट्युसन पढेर फर्कंदै गरेका आदित्य र रोमनमाथि ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले कुटपिट गरेका थिए । प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार ती किशोरहरूले सुरुमा सामान्य रुपमा कुटपिट गरेर ‘जा’ भन्दै पठाएका थिए । तर, केही बेरपछि उनीहरूलाई फेरि बोलाएर त्यही समूहले आक्रमण गर्यो । कुटपिटपछि आदित्यले घरमा केही बताएका थिएनन् ।

    भोलिपल्ट उनी ट्युसन सेन्टरमा गएनन् । तर, विद्यालय गएका थिए । विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताए । स्वास्थ्य झन् बिग्रँदै गएपछि मात्र उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । ५ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएका उनको अन्ततः मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    आदित्य र रोमन एउटै ट्युसन सेन्टरमा हुन्थे । दुवैजना सँगसँगै हुने गरेको र उनीहरुलाई एउटै समूहले आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij