
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौँ । नागार्जुनबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका–३ घर भएका ३० वर्षीय विक्रम चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद, ६ लाख १० हजार रुपैयाँ जरिवाना र क्षतिपूर्ति बापत २० हजार ४ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर गरेको थियो ।
त्यसलगत्तै फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij