
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाण्डौं । खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।
विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।
पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र कोठा छन् । जसमा फरक फरक दुईवटा कक्षाका विद्यार्थीहरु सँगै बसेर अध्ययन गरिरहेको बिद्यालयका प्रधानध्यापक बिस्नु केसीले जानकारी दिए ।
कक्षा कोठा निर्माणका लागि आव २०७६-७७ मा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास कार्यालयले २८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
तर, सो बजेटले भवन निर्माण गर्न अपुग भएपछि निर्माणाधिन भवन अलपत्र अवस्थामा छ । पूर्वधार निर्माणमा सहयोग गर्न स्थानीय र प्रदेश सरकारसँग मौखिक रुपमा सहयोग मागिए पनि त्यसको सुनुवाइ नभएको प्रधानाध्यापक केसीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij