Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

छुरा प्रहार गरी एक वृद्धको हत्या

छुरा प्रहार गरी एक वृद्धको हत्या

  • काठमाडौं । धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय जनकपुरका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो ।

    images
    images
    images

    विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान १० बजे घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका हुन् । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि ससुरा गम्भीर घाइते भएका थिए ।

    images

    उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको भए पनि चिकित्सकले ससुरालाई मृत घोषणा गरेका थिए । घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij