
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएको छ ।
नयाँ कानूनी व्यवस्थाअनुसार निजामती कर्मचारीले सामाजिक सञ्जाल वा विद्युतीय माध्यममार्फत सार्वजनिक पदाधिकारी, राजनीतिक दल वा नेताहरूको पक्ष–विपक्षमा टिप्पणी गर्न नपाउने व्यवस्था गरिएको छ ।
दफा ८९ मा सामाजिक द्वेष, हिंसा वा कलह बढाउने खालका गतिविधि गर्न निषेध गरिएको छ । ऐनले यातना, यौन दुर्व्यवहार, हडताल, कलमबन्द र तालाबन्दी पनि प्रतिबन्ध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij