Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

३ सय १९ केजी चरेससहित एक जना पक्राउ

३ सय १९ केजी चरेससहित एक जना पक्राउ

  • काठमाडौं । पर्सा प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई लागुऔषध चरेशसहित नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    विशेष सूचनाका अधारमा प्रहरी चौकी सिर्सियाको टोलीले वीरगञ्ज महानगर–२१, परवानीपुर चोकबाट ट्रकसहित चालक बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।

    images

    ट्रकमा लागुऔषध चरेश १३ पोकामा ३१९ केजी फेला परेको छ भने चालक स्याङ्तानबाट एक लाख ९२ हजार रुपैयाँ नगद बरामद भएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रकबाट बरामद गरिएको चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको बताए ।

    प्रहरीले पर्सा जिल्ला अदालतबाट पाँच म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij