Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

फेसबुकमार्फत महिलाको चरित्र हत्या गर्ने एक युवक पक्राउ

फेसबुकमार्फत महिलाको चरित्र हत्या गर्ने एक युवक पक्राउ

  • काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    images
    images
    images

    पीडित महिलाको निजी तस्बिर तथा भिडियोहरू म्यासेन्जर कुराकानीकै क्रममा स्क्रिन रेकर्डमार्फत संकलन गरी, ती सामग्रीहरू नक्कली (फेक) फेसबुक खाताबाट पीडितका परिवार सदस्यहरूलाई पठाएर मानसिक, सामाजिक र पारिवारिक क्षति पुर्‍याएको घटनामा एक युवक पक्राउ परेका हुन् ।

    images

    प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट भारतको बिहार राज्य, बेतिया जिल्ला सरिसो बजार, सुनलपट्टी स्थायी ठेगाना भएका २० वर्षीय अम्मरनाथ कुमार घटनामा संलग्न रहेको पुष्टि भएपछि उनलाई मिति २०८२ असार ६ गते धादिङको धुनिवेशी नगरपालिका -८, खानी खोलाबाट पक्राउ गरिएको हो ।

    अम्मरनाथ कुमारले पीडितलाई थाहा नदिई अश्लील तस्बिर तथा भिडियोहरू संकलन गरी सामाजिक सञ्जालमा गम्भीर किसिमले दुरुपयोग गरेको पुष्टि भएको साइबर ब्यूरोले जनाएको छ ।

    निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    images

    जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको साइबर ब्यूरोले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगविरुद्ध कानुनी कठोरता अपनाइने प्रहरीले स्पष्ट पारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij