
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । नेपालको शेयर बजार अपेक्षाकृत ढङ्गबाट बढ्न सकिरहेको छैन ।
आज पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से ३२ दशमलव १६ अङ्कले घटेर दुई हजार ५९६ दशमलव ७४ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार ३ सय २ पटक किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० मा कारोबार भएको नेप्सेले जनाएको छ ।
७५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा दोर्दी खोला जलविद्युत कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र बुटवल पावर कम्पनी परेका छन् ।
हाल बजारमा पर्याप्त तरलता छ र बैंकहरूका ब्याजदर पनि घट्दो क्रममा रहेका छन् । साथै, नीतिगत पक्षहरू पनि अपेक्षाकृत सहज बन्दै गइरहेका छन् । तर, यी सकारात्मक पक्षहरूले लगानीकर्ताको मनोबलमा उल्लेख्य सुधार ल्याउन सकेका छैनन् ।
विशेषगरी, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था र तिनीहरूले दिने सम्भावित लाभांश लगानीकर्ताका लागि प्रमुख चिन्ताको विषय बनेको छ । असार मसान्त नजिकिँदै गर्दा लगानीकर्ताहरूले कम्पनीहरूको वार्षिक वित्तीय प्रतिवेदन प्रतिक्षा गरिरहेका छन् ।
विगतमा धेरै कम्पनीहरूले लाभांश वितरण क्षमतामा ह्रास भोगेका कारण अहिले पनि तिनको आर्थिक अवस्था प्रति लगानीकर्ताहरू सशंकित देखिन्छन् । यही कारणले पनि सेयर बजारमा हाल नकारात्मक दबाब कायम रहेको विश्लेषकहरूको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij