Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

नागार्जुन बाफलमा रहेको मेडल गोदाममा आगलागी

नागार्जुन बाफलमा रहेको मेडल गोदाममा आगलागी

  • काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३, बाफलमा रहेको एक मेडल तथा स्टिकर गोदाममा आज बिहानै आगलागी भएको छ । स्थानीय राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा विद्युत् सर्ट भई बिहान अन्दाजी ०३:२० बजे आगो सल्किएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    आगलागीको सूचना पाउनासाथ बालाजु दमकल, जुद्ध वारुण यन्त्र (न्युरोड), नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो । सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक नीर कुमार कार्कीको कमान्डमा खटिएको ३५ जनाको टोलीसहितको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको छ ।

    images

    सुरक्षाकर्मी र दमकलको करिब डेढ घण्टाको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट गोदाममा रहेका मेडल, स्टिकर, कच्चा पदार्थ र अन्य सामग्री जलेर पूर्णरुपमा नष्ट भएका छन् । क्षतिको यकिन विवरण संकलन भइरहेको छ, तर प्रारम्भिक अनुमान अनुसार लाखौँको भौतिक क्षति भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij