Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

ओएनएम प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरू आन्दोलित

ओएनएम प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरू आन्दोलित

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओएनएम ओएनएम ९कर्मचारीहरूको संगठन तथा व्यवस्थापन० प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्ट कार्यस्थलमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

    images
    images
    images

    सरकारी रेडियोग्राफी संघ नेपालको अगुवाइमा रेडियोग्राफी समूहसँग कुनै परामर्शविना गरिएको उक्त प्रस्तावले आफूहरूको पेशाको अपमान र उपेक्षा गरेको गुनासो गरेका छन् ।

    images

    संघका अध्यक्ष दामोदर रोक्काले आफूहरू नीतिगत संरचनाको विरोधी नभई समावेशी, यथार्थपरक र पेशाको गरिमाअनुकूल हुनुपर्ने पक्षमा रहेको बताए ।

    ‘यो प्रस्तावमा रेडियोग्राफी क्षेत्रको योगदान र हैसियतको पूर्ण बेवास्ता गरिएको छ’, उनको भनाइ छ ।

    रोक्काका अनुसार रेडियोग्राफी सेवाको स्पष्ट सेवा संरचना र दायित्व, पेशागत योग्यता अनुसार पद सिर्जना र बढुवा सुनिश्चितता, सेवा सुरक्षा, स्वायत्तता, र पेशागत पहिचानको संरक्षण आफूहरूको प्रमुख माग रहेको बताए ।

    images

    शनिबार ९असार ७० भित्र सरकार मागको सुनुवाइ सेवा स्थगनसम्मको कदम चाल्ने रेडियोग्राफरहरूको चेतावनी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij