
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार आईपीओ बाँडफाँड गरेको हो ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म खोलिएको आईपीओ ३ लाख २९ हजार ६५० जनाले १०–१० कित्ता शेयर पाएका छन् । ७.८२ गुणा बढी आवेदन परेको आईपीओमा स्वीकृत भएका १७ लाख २९ हजारभन्दा बढीको हात खाली भएको छ ।
यस आईपीओमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका थिए ।
ट्रेड टावर लिमिटेडले १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । इक्रा नेपालले यस कम्पनीको आईपीओलाई इक्रा एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहने छ ।
आईपीओको नतिजा मेरो शेयर, सीडीएससीको वेबसाइटमा हेर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij