Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

घाँसका लागि उपयुक्त मानिने अम्लिसोको डाँठ पनि बिक्रि

घाँसका लागि उपयुक्त मानिने अम्लिसोको डाँठ पनि बिक्रि

  • काठमाडौं । अम्लिसो के का लागि प्रयोग हुन्छ रु झट्ट सोध्दा उत्तर आउँछ, घाँसका लागि । घाँसका लागि उपयुक्त मानिने अम्लिसो गाईबस्तुका लागि उपयुक्त मानिन्छ । यसको अनेक क्षेत्रमा प्रयोग हुने गरेको छ । पूर्वी पहाडी क्षेत्रमा घर बढार्न अम्लिसोकै कुचो बढी प्रयोग हुन्छ । 

    images
    images
    images

    यति मात्र होइन, अम्लिसोको डाँठ दाउरामा समेत प्रयोग हुन्छ । दाउरा नभएका बेला अम्लिसोका डाँठलाई दाउरामा प्रयोग गर्न सकिन्छ । अम्लिसोको कुचो बढार्नका लागि विदेश निर्यात हुन्छ । इलाममा यस्तो ठाउँ छ, जहाँबाट बढार्नका लागि अम्लिसोको डाँठ बिक्छ । सुन्दा अचम्म लाग्छ, कही वर्षअघिसम्म यही डाँठबाट कागज बनाइन्थ्यो । पछिल्लो समय कागज बनाइएको छैन । यही डाँठसहित कुचो बेचेर यहाँ किसानले गुजारा गर्छन् । इलामको रोङ गाउँपालिका किसानले अहिले अम्लिसोको फेददेखि टुप्पोसम्मको भाग कुनै न कुनैरूपमा प्रयोग गर्छन् ।
        
    डाँठ बेच्नका लागि करीब दुईदेखि अढाइ फिट बनाउनुपर्छ । उपयुक्त नापको भएपछि मुठो पारेको डाँठ यहाँका किसानले घरबाटै बिक्छ । यसको मूल्य किसानले प्रतिकिलो रु पाँचदेखि रु १० सम्म पर्छ । “धेरै लागत पर्दैन । गाईबस्तुले खाएको भागबाहेक फ्याँक्ने भाग बिक्छ ।” व्यवसायी जीवनहरि भट्टराईले भने , “धेरै पहिलोदेखि यसरी बिक्न थालेको हो ।” यसको खास प्रयोग चाहिँ कुचोको बीचमा राख्नका लागि हो । कुचोको मुठा आकर्षक देखाउन व्यवसायीले डाँठ किन्ने गर्छन् । कुचो मात्र राख्न आकर्षण मुठो नहुने र धेरै कुचो खपत हुने भएकाले व्यवसायीले किसानबाट डाँठ किन्छन् । 
       
    यो डाँठसमेत हालेपछि आकर्षण मूल्यमा कुचो बिक्ने गरेको व्यवसायी भट्टराईको भनाइ छ । अहिले यो क्षेत्रको अम्लिसोको कुनै भाग पनि खेर जाँदैन । झापाको नजिकको गाउँपालिका भएकाले पनि किसानलाई बजारको समस्या छैन । कुचोको माग भारतबाट समेत आउने गर्दछ । झापास्थित धुलाबारी, काँकडभिट्टामा खपत हुन्छ भने भारतसमेत जाने गर्छ । प्रतिकिलोको दरमा बिक्री हुनेभन्दा यसरी कुचो बनाउँदा धेरै आम्दानी हुन्छ । “कुचो बनाएर बेच्दा धेरै मूल्यमा बिक्छ ।” 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij