
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । इजरायली आपत्कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले तेल अभिभको दक्षिणमा रहेको बाट याम शहरको एक भवनमा इरानी आक्रमणमा चार जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बताएको छ ।
मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीया महिला, १० वर्षीय बालक र एक बालिका रहेका छन् ।
इजरायली मिडियाका अनुसार उत्तरी शहर ताम्रा र हाइफा नजिकैको आवासीय क्षेत्रमा पनि आक्रमण भएको थियो, जसमा दुवै ठाउँमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।
आइतबार इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारलाई पनि निशाना बनाएको दाबी गरेको छ ।
यसका साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इजरायललाई चेतावनी दिएको छ, “यदि इजरायलले आक्रमण जारी राख्यो भने, इरानले इजरायलमाथि अझ तीव्र गतिमा आक्रमण गर्नेछ ।” –
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij