Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

पेट्रोलियम बिक्रेतालाई बार्तामा आउन निगमको आग्रह

पेट्रोलियम बिक्रेतालाई बार्तामा आउन निगमको आग्रह

  • काठमाडौं ।  शुक्रबार डिसी नेपालसँग कुराकानी गर्दै निगमका प्रबक्ता बिनितमणी उपाध्यायले बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुको समस्यामा निगम सकारात्मक रहेको बताए। हरेक कुराको निष्कर्ष बार्ताका माध्यमबाट नै निस्कने बताउँदै उनले बागमती पेट्रोलियम डिलर एसोशिएसनलाई बार्ताकालागि ढोका खुला रहेको बताएका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनले भने “हामी बार्ताका लागि सदैव तयार छौँ। बार्ताका माध्यमबाट मात्र सबै समस्या समाधान हुन्छ। कुनै कुराहरु नीतिगत रुपमा पनि समय लाग्ने खालका हुन्छन्। कुनै कुराको अध्यन गरेरमात्रै लागु गर्ने खालका हुन्छन्। त्यसैले एसोशिएसन छलफका लागि आउनु पर्छ।”यसअघि बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको जनाएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij