
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । सोमपाल कामी र गुलशन झा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी–२० सिरिजबाट बाहिरिएका छन् । इन्जुरीका कारण सोमपाल र गुलशन आज अहिले जारी नेदरल्याण्डसविरुद्धको खेलमा पनि बाहिर रहेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमपाल र गुलशन अभ्यासको क्रममा घाइते भएको र टी–२० सिरिज गुमाउने जानकारी दिएको छ ।
नेपालले जारी आईसीसी विश्वकप लिग–२ को सिरिज पछि स्कटल्याण्ड र नेदरल्याण्डससँग टी–२० सिरिज खेल्ने तालिका छ । यो त्रिकोणात्मक टी–२० सिरिज जुन १५ देखि २० जुनसम्म हुँदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij