Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । शेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज ५ दशमलव ९९ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ६४० दशमलव ९६ विन्दु कायम भएको छ ।
आज ३११ वटा कम्पनीको एक करोड ७१ लाख आठ हवार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिद बिक्री हुँदा सात अर्ब ९७ करोड आठ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार आएको हो । अघिल्लो दिन बुधबार ३१३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर ५९ हजार १३० पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij