
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौं । भारतीय क्रिकेटर रिंकु सिंहले समाजवादी पार्टीकी युवा सांसद प्रिया सरोजसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
दुवैको इन्गेजमेन्ट जुन ८ मा लखनऊमा हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै वैवाहिक कार्यक्रम भने नोभेम्बर १८, २०२५ मा वाराणसीको होटेल ताजमा हुने बताइएको छ ।
इन्गेजमेन्टमा भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीर, विराट कोहली, राहुल द्रविड, अभिषेक नायरलगायतका क्रिकेट स्टारहरूलाई पनि आमन्त्रित गरिएको बताइएको छ भने उत्तर प्रदेशका क्रिकेटर र आईपीएल टीम कोलकोता नाइट राइडर्सका खेलाडीहरू सहभागी हुने उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij