Logo

Jun 01 2025 | २०८२, जेठ १८ गते

Jun 01 2025 | २०८२, जेठ १८ गते

राष्ट्रिय दुग्ध विकास बोर्ड

विश्व दुध दिवस: मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

विश्व दुध दिवस: मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

  • काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक दुधपान कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    शुक्रबार ‘दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मुल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतना मुलक दुधपान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले दुध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको उल्लेख गरे ।

    images

    यसरी बालबालिका बीच दुध तथा दुग्धपदार्थको बारेमा जानकारी गराउदैं एसोसिएसनले विभित्र समयमा विभित्र गतिविधि गरेकोमा खुशी व्यक्त गरे ।

    उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य लिलेन्द्र प्रसाद प्रधानले नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई साथ दिंदै मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्नुपर्ने धारणा राखे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij