Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

    images
    images
    images

    भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्ने मागसहित आज प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका थिए ।

    images

    बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए । संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २:३० बजे बस्ने भनिएको थियो ।

    सो समय सिमाभित्र पनि बैठक बस्न नसकेपछि सुचना टाँस गरेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij