Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

प्रहरीबाटै कुटिए भन्सार प्रमुख

प्रहरीबाटै कुटिए भन्सार प्रमुख

  • काठमाडौं । कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, नगर प्रहरी हबल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतन मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

    images

    प्रनाउ सिंहका अनुसार यही जेठ १० गते त्रिनगर भन्सार कार्यालयको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीको कमान्डमा खटिगएको टोलीले भन्सार कार्यालयको हाताभित्र आई अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

    उक्त घटनामा संलग्न निज व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij