Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो । बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६ र ७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij