
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि बचकर्ताहरूले न्युरोडस्थित सो सहकारी भवनमा जम्मा भएका छन् । उनीहरूले रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवा उनीहरू त्यहाँ पुगेर सञ्चालकलाई खबरदारी गरेका छन् । आफ्नो बचतबाटै सो भवन किनेको र आफूहरूलाई जानकारी नै नदिने बिक्री गरेको आरोप उनीहरूले लगाएका छन् ।
सो सहकारीले बचतकर्ताको करिब १६ अर्ब रकम हिमामिन गरेको जनाइएको छ । अभिमत बचत तथा ऋण सहकारीका सञ्चालक शिव लामिछाने, विकास लामिछाने र मान बहादुर विकसँग उनीहरूले आफ्नो बचत फिर्ता गर्न माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij