
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सुनसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका- ११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दीपक केसी छन् ।
उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट २५ ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री १ थानसहित पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हिमालय एयरलाइन्सको उडान मार्फत दुबईबाट काठमाडौं आएका दीपकको साथबाट उक्त धातु सहित ल्यापटप १ थान र मोबाइल ५ थान बरामद भएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij