Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

विमानस्थल निर्माता कम्पनी

पोखरा विमानस्थल सम्बन्धी प्रतिवेदन गलत

पोखरा विमानस्थल सम्बन्धी प्रतिवेदन गलत

पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदनलाई गलत करार गरेको हो ।

  • काठमाडौं । पोखरा विमानस्थलमा भएको अनियमितताबारेको प्रतिवेदनलाई विमानस्थल निर्माता कम्पनीले गलत दाबी गरेको छ ।

    images
    images
    images

    विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको उपसमिति द्वारा तयार गरिएको “पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदनलाई गलत करार गरेको हो ।

    images

    चीनियाँ ठेकेदार कम्पनीले प्रतिवेदनकै अनुसन्धान गर्न आह्वान गरेको छ । एक सूचना जारी गर्दै उसले भनेको छ, ‘CMACE' ले सम्बन्धित नेपाली सरकारी निकायहरुलाई उक्त प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न, त्यसमा रहेको गलत सामग्रीलाई स्पष्ट पार्न र घटनाको सत्यतथ्य उजागर गर्न विनम्र अनुरोध गर्दछ ।’

    images

    विमानस्थल निर्माणका क्रममा आफूले सम्पूर्ण नियम कानुन पालना गरेको पनि ठेकेदार कम्पनीले दाबी गरेको छ । आफूले उच्च मापदण्ड र गुणस्तर सहित पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको ठेकेदार कम्पनीको दाबी छ ।

    संसदको लेखा समीतिले राजेन्द्र लिङ्देनको नेतृत्वमा पोखरा विमानस्थलको अध्ययन गर्न उपसमिति बनाएको थियो । यो समितिले तयार गरेको प्रतिवेदनमा विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता भएको ठहर गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij