
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमणमा जाने तय भएको छ ।
चीनको सरकारी निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारीको साताव्यापी भ्रमण हुन लागेको हो ।
काठमाडौं स्थित चिनियाँ दूतावास स्रोतका अनुसार जेठ १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछिन् ।
एक साता लामो भ्रमणको क्रममा चिनियाँ सरकारी र चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरू भेटवार्ता हुने बताइएको छ ।
यो भ्रमणमा एमालेका नेताहरू पनि सामेल हुने बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij