Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

भवनमा आगलागी, ८ जनाको मृत्यु

भवनमा आगलागी, ८ जनाको मृत्यु

  • काठमाडौं । हैदराबादको चारमिनार नजिकै गुलजार हाउस नामक भवनमा आगलागी भएको घटना सार्वजनिक भएको छ । यस घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    दक्षिण क्षेत्रका डीसीपी स्नेहा मेहराले बताएअनुसार यस घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै यस घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    images

    साथै, प्रधानमन्त्री कार्यालयले घोषणा गरेको छ “प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५०,००० रुपैयाँ दिइनेछ।” तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार अग्नि विभागका एक अधिकारीले बिहान करिब ६:३० बजे फोन आएको र उनीहरू घटनास्थल पुगेको र त्यहाँ रहेका मानिसहरूलाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij