
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ । तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रन बनाइन् । पुजा महतोले ११ बलमा १४ रनको योगदान दिइन् । यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।
लामो समय वर्षाका कारण खेल रोकिएपछि डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij